Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु


CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v80), quality = 90

तेह्रथुमको लालीगुराँस नगरपालिका–५ दागपामा मोबाइल चार्ज गर्दा करेन्ट लागेर बालकको मृत्यु भएको छ।

गएराति साढे ७ बजे स्थानीय कालुबहादुर लिम्बुको ८ वर्षीय छोरा सुदिप लिम्बुलाई आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा लाइनमा जोडेको मल्टिप्लक सर्ट भई करेन्ट लागेको थियो।

करेन्ट लागेर घाइते भएका बालकको उपचारको लागि जिल्ला अस्पताल तेह्रथुम ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार