Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

फेरि रविको पद खुस्काउछु भन्दै सर्वोच्च गए युवराज सफल


गृहमन्त्री रवि लामिछानेका विरुद्ध युवराज सफलले फेरि सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । अघिल्लोपटक नागरिकतासम्बन्धी रिट सर्वोच्चमा दर्ता गरेर गृहमन्त्री लामिछानेको पद खुस्काइदिएका सफल फेरि गृहमन्त्री लामिछानेको पद खुस्काउन लागिपरेका हुन् । गृहमन्त्री रवि लामिछानेप्रति आफ्नो व्यक्तिगत दुस्मनी केही नभएको बताउँदै आएका सफल बुधबार फेरि सर्वोच्च अदालत पुगेपछि यसले तरंग सिर्जना गरेको छ । लामिछाने गृहमन्त्री पदका लागि कानुनी तथा नैतिक रुपले योग्य नरहेको जिकिरसहित बर्खास्तीको माग गर्दै युवराज सफल बुधबार सर्वोच्च पुगेका हुन् ।

सहकारी ठगी प्रकरणमा अनुसन्धान भइरहेको, राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्चमा विचाराधीन रहेको, सम्पती शुद्धिकरणसम्बन्धी मुद्दा खेपिरहेको, झुठो तथा किर्ते विवरण पेश गरी कम्पनीको सेयर किनेको र कम्पनी खरिद–बिक्री प्रकरणमा अनुसन्धान भइरहेको व्यक्ति पदमा बस्न नमिल्ने सफलको दाबी छ । सफलको रिट निदेवनमा भनिएको छ, ‘निज रवि लामिछानेमाथि चलेका मुद्दाहरुको अनुसन्धान नसकिन्जेल तथा मुद्दाहरुको किनारा नलागिन्जेल निजलाई उपप्रधान एवम् गृहमन्त्रीको जिम्मेवारी दिन नमिल्ने भएकाले विपक्षीहरुको नाममा परमादेश जारी गरी निजलाई पदमुक्त गराई पाउँ ।’

युवराज सफललले गृहमन्त्री रवि लािमछानेलाई पदमुक्त गराउँन माग गर्दै रिट निवेदन दर्ता गरिरहँदा उनले रिट निवेदनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल प्रहरीका आइजिपी वसन्त कुवँरलाई पनि विपक्षी बनाएका छन् । गृहमन्त्री लामिछानेलाई लामिछानेलाई निर्दोष देखाउन खुलेआम बचाउ गरेका कारण उनीहरुलाई पनि हदैसम्मको कारबाही हुनुपर्ने सफलको रिट निवेदनमा माग गरिएको छ । सफलको रिट निवेदनमा भनिएको छ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा अ‍ोली लगाएतले खुलेआम रवि लामिछानेको बचाउ गरी उल्लेखित कसुरको कसुरदारलाई कानुनी कारवाही गर्नबाट रोक्न आरोपितलाई जोगाउन प्रमुख मतियारको भूमिका खेलेको हुँदा उल्लेखित व्यक्तिहरुलाई कानुनबमोजिम हदैसम्मको कारबाही गराई पाउँ । ’

रवि लामिछानेका विरुद्ध सर्वोच्चमा रिट निदेवदन लिएर गएका सफलले न्याय, विधी र विधानका लागि आफू सर्वोच्च गएको बताएका छन् । गृहमन्त्री लामिछानेसँग आफ्नो व्यक्तिगत कुनै दुस्मनी नभएपनि लामिछानेको भजनकिर्तनमा सामेल भएकाहरुले आफ्नो विरोध गर्ने गरेको उनको भनाई छ ।


प्रतिक्रिया दिनुहोस !
विचार