Logo
२०८१, २० आश्विन आईतवार
|  Sun Oct 6 2024

सहकारी ठग्नेलाई पाता कस्छाैं : रवि लामिछाने


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीबाट बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारवाही गर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार सिंहदरबारमा सहकारी पीडितसँगको छलफलका क्रममा गृहमन्त्री लामिछानेले सहकारी समस्या समाधान गर्न आवश्यक कानुन बनाई तत्काल काम सुरु गर्ने निर्णय भइसकेको भन्दै बचतकर्ताको रकम फिर्ता नगर्नेलाई कारवाही गर्ने स्पष्ट पारेका हुन् ।

बचतकर्ताको रकम फिर्ता नगर्ने सहकारी सञ्चालकको सम्पती छानविन गर्ने र आफन्तको नाममा राखिएको सम्पतीबाट भएपनि रकम फिर्ता गराउने उनले बताए ।
उनले सहकारी प्रकरणमा निकै मेहनत गरिरहेको भन्दै फरार सहकारी सञ्चालकलाई समेत छिट्टै कानुनी कारवाही गर्ने प्रतिवद्धता समेत जनाए । अनेकौ आरोप खेपेर भएपनि सहकारी प्रकरणको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको भन्दै उनले प्रतिवेदनका आधारमा समाधान खोज्ने क्रम सुरु भएको धारणा राखे ।

सहकारी समस्या समाधान गर्न सरकारले फास्ट ट्रयाकमा काम गर्र्ने निर्णयगरेको भन्दै गृहमन्त्रीलाई धन्यवाद दिन सहकारी पीडि सिंहदरबार पुगेका थिए।


प्रतिक्रिया दिनुहोस !
विचार