Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु


धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडास्थित घट्टेखोलाको एक घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु भएको छ ।

गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा तेजबहादुर र उनकी ७० वर्षीया पत्नी ठूली लामाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रहरीका अनुसार आगलागीबाट घरमा भएका अन्नपात र लत्ताकपडा पनि सबै जलेर नष्ट भएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार