Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

प्रतिपक्षको काम नै समीकरण भत्काउने बन्यो : प्रधानमन्त्री प्रचण्ड


प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता गठबन्धन भत्कने अवस्थामा नरहेको बताएका छन् । शनिवार काठमाडौँमा माओवादी केन्द्रको संसदीय दलको बैठकलाई संशोधन गर्दै प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटोमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको रहेको उल्लेख गरेका छन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्रचण्डले भने–‘प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो । तत्काल अहिलेको यो समीकरण भत्काउन सक्ने स्थिति देखिँदैन । तर सत्ता पक्ष र प्रतिपक्षका कतिपय बाटोहरूमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको देखिन्छ ।’


प्रतिक्रिया दिनुहोस !
विचार