Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

सुधार गृहमा राखिएका एक युवकको मृत्यु


कैलालीको घोडाघोडी नगरपालिका–४ भालुफाटामा रहेको नयाँ बाटो पुनर्स्थापना केन्द्र (सुधारगृह)मा राखिएका एक युवकको मुत्यु भएको छ । गत पुसदेखि नयाँ बाटो पुर्नस्थापना केन्द्रमा राखिएका २५ वर्षीय सुनिल शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

प्रहरीका अनुसार बुधबार राति शाही एक तले भवनको छतबाट भाग्न खोज्दा खसेर खाइतेका थिए । उनको घोडाघोडी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ । यता शाहीका परिवारले भने मृत्यु शंकास्पद भएको भन्दै निष्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।

शाहीको निधार, गर्धन, कम्मर र दुवै हातमा चोट लागेको देखिएको उनको परिवारले जनाएका छन् । मृतकका परिवारले घटनाको प्रकृति हेर्दा शाहीको भवितव्य नभएर हत्या भएको हुनसक्ने भन्दै छानबिनको माग गरेका छन् ।
उनका परिवारले सुधार केन्द्रले विगत २५ दिनदेखि शाहीलाई भेटघाट गर्न नदिइएको दाबी गर्दै कुटपिट गरेर हत्या गरिएको आरोप लगाएका छन् ।

शाहीले सुधार केन्द्रबाट भाग्ने उद्देश्यले भवनको छतबाट हामफालेको बुझिएको बताउँदै घटनाबारे अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

शाहीलाई उनका अभिभावकले गत पुसमा सुधार केन्द्रमा राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार