Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

चट्याङ लागेर एक महिलाको मृत्यु


पश्चिम नवलपरासीमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको सुस्ता गाउँपालिका–५ स्थित तरैनी बस्ने २९ वर्षीय पुनम कोइरीको चट्याङ लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।

प्रहरीका अनुसार मङ्गलबार बिहान ११ बजे चलेको हुरीबतासको समयमा उनी बगैंचातिर गएको समयमा चट्याङ लागेर उनको मृत्यु भएको हो।

गाउँभन्दा बाहिरको आँपको रुखमुनि उनको शव सोही दिन अपराह्न फेला परेको प्रहरीले जनाएको छ। उनका दुई छोरा र एक छोरी छन् ।

मृतकका श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार