Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

हामी सरकारमै छौं : अशोक राई


जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राईले आफूहरु राजनीतिक स्थायित्वको पक्षमा रहेकोले अहिले पनि सरकारमै रहेको स्पष्ट पारेका छन् । जसपा, नेपाल विभाजन गरेर नयाँ दल दर्ता गरेपछि आज (बिहीबार) पहिलोपटक पत्रकार सम्मेलनको आयोजना गरेर अध्यक्ष राईले आफूहरु सरकारमै रहेको जानकारी गराएका हुन् ।

उनले भने,‘हामी सरकारमै छौं । अब उहाँ (उपेन्द्र यादवजी) सरकारमा रहनुहुन्छ कि रहनुहुन्न प्रधानमन्त्री र उहाँले निर्क्यौल गर्ने कुरा हो । हामीले त अलग दल बनाएका छौं ।’ उनले आफूहरुले पार्टी विभाजन गर्नुअघि पनि सरकारको अंकगणित मिलेकै थियो भनेर दाबी गरे ।


प्रतिक्रिया दिनुहोस !
विचार