Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

शीर्ष नेताले बोल्ने कार्यसूचीमा कांग्रेस असहमत


samsad bhawan

बजेट अधिवेशनको पहिलो बैठकमा शीर्ष नेताहरुलाई बोल्न दिने कार्यसूचीमा नेपाली कांग्रेसले असहमति जनाएको छ । कांग्रेसको असहमतिका कारण कार्यसूची टुंगो नलाग्दा प्रतिनिधि सभा बैठक प्रभावित भएको छ ।

आज बस्ने तय भएको संसद बैठकका कार्यसूची तय गर्नुअघि सभामुख देवराज घिमिरेले दुई चरणमा प्रमुख सचेतक र सचेतकहरुसँग छलफल गरेका थिए ।

सो छलफलमा कांग्रेस नेताहरुले राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रमात्रै वाचन गर्न दिने, आफ्ना कुरा राख्ने तर शीर्ष नेताहरुलाई बोल्ने कार्यक्रम र नियमित कार्यसूचीमा प्रवेश गर्न नदिने बताएका थिए ।

त्यसमा सहमति नजुटेपछि नेताहरु आ(आफ्ना दलका शीर्ष नेताहरुसँग छलफल गर्न गएका छन् । उनीहरु फर्किएपछि मात्र कार्यव्यवस्थाको बैठक औपचारिक रुपमा बस्ने सभामुखको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार