Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

आफूमाथि छानबिन गर्न माग गर्दै सुदन किरातीको पत्र


पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूमाथि छानबिनको माग गर्दै मन्त्री हितमान तामाङलाई पत्र बुझाएका छन्।

पशुपतिमा विद्युतीय उपकरणद्वारा निस्शुल्क शव दहन गर्ने कार्यक्रम आफू मन्त्री हुँदा अघि बढाइएको उल्लेख गर्दै उनले सोबारे सञ्चार माध्यमहरूमा आफूमाथि आरोपसहित रिपोर्ट आएकोले छानबिन गर्न किरातीले माग गरेका छन्।

‘समाचार प्रशारित गरेर जनतामा भ्रम सिर्जना गर्न खोजिएको छ, उठाइएका विषय छानबिन गर्न समिति गठन गरी दूधको दूध पानीको पानी गरी घटनाको सत्यतथ्य सार्वजनिक गरिदिनुहुन माग गर्दछु,’ आइतबार मन्त्री तामाङलाई भेटेर उनले उक्त व्यहोराको पत्र बुझाएका छन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार