Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

शितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता


प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शितल निवास पुगेका छन्। आइतबार दिउँसो राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता भएको हो।

मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्री र राष्ट्रपतिबीच कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको छ। जेठ १ गते संघीय संसदको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलले प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने चेतावनी दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार