Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

सभामुख र दलका सचेतकहरूबीच छलफल सुरु


सभामुख देवराज घिमिरे र प्रमुख राजनीतिक दलका प्रमुख सचेतक, सचेतकबीचको छलफल सुरु भएको छ ।

सिंहदरबारस्थित कार्यकक्षमा सभामुखका साथै कानून, न्याय तथा संसदीय मामिला मन्त्री, दलका प्रमुख सचेतक र सचेतकहरूको बैठक सुरु भएको हो । सभामुख घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बैठक बोलाएका थिए ।

१ जेठमा सरकारको नीति तथा कार्यक्रम आउने भएको छ । सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले प्रस्तुत गर्ने व्यवस्था छ ।


प्रतिक्रिया दिनुहोस !
विचार