
प्रतिनिधिसभाको बैठक सरेसँगै राष्ट्रियसभाको बैठक पनि सरेको छ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि तोकिएको थियो तर रवि लामिछानेको नाम नै तोकेर संसदीय छानबिन समिती बनाउने या के गर्ने भन्ने विषयमा कार्यदलमा सहमती जुट्न नसेकेपछि २ बजेका लागि बैठक सारिएको हो ।
आइतबार बिहान बसेको राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले आइतबार दिउँसो सवा एक बजेका लागि तय भएको बैठक दुई घण्टा पछि बस्नेगरी सारेको हो ।
राष्ट्रियसभा कार्य व्यवस्था परामर्श समितिको बैठकले आज १ः१५ को लागि तोकिएको बैठक ३ः१५ बजेका लागि सार्ने निर्णय गरेको हो ।