Logo
७ जेष्ठ २०८३, बिहीबार
|  Thu May 21 2026

थलीमा शंकास्पद अवस्थामा मृत फेला परेका पुरुषको खुल्यो पहिचान


काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर– ५ थलीमा शंकास्पद अवस्थामा मृत फेला परेका पुरूषको पहिचान खुलेको छ।

मंगलबार बिहान साढे पाँच बजेतिर मृत फेला परेका मृतक पुरूष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रहरीका अनुसार मृतक ५२ वर्षीय नगरकोटीको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा पहिचान खुलेको हो। उनको शव मुलपानीबाट थलीतर्फ जाने सडकको बायाँतर्फको निर्माणाधीन पर्खालमा फेला परेको थियो।

उनको शव सडकबाट दस मिटरमुनि फेला परेको प्रहरीले जनाएको छ। कपडाले मुख ढाकेको र रगत बगिरहेको अवस्थामा फेला परेको शव नजिकै दुईवटा ब्लेडसमेत फेला परेको थली प्रहरीले बताएको छ।

मृतक नगरकोटीको घाँटी काटिएको पाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।


प्रतिक्रिया दिनुहोस !
विचार