Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

सडक आन्दोलन गर्ने कांग्रेसको घोषणा


सहकारी रकम हिनामिनाबारे संसदीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको नेपाली कांग्रेसले सडक आन्दोलन गर्ने भएको छ।

बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समिति र संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो।

सहकारी प्रकरणमा ससदीय छानबिन समिति गठनको माग गर्न सदन र सडकबाट सहकारी पीडितको पक्षमा आवाज उठाउने निर्णय गरिएको केन्द्रीय सदस्य डिला संग्रौलाले जानकारी दिइन्। सहकारी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने मुख्य माग राख्दै पहिलो चरणमा यहि शुक्रबार काठमाडौको भृकुटीमण्डपमा आन्दोलन गर्ने पनि संग्रौलाले बताइन।

त्यसपछि ठगी भएका ठुला सहकारी रहेका पोखरा, बुटवलमा आन्दोलन गर्ने उनको भनाइ छ।

सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ।

 


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार