Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

कांग्रेसले लिखित माफी नमागे प्रतिवाद : विष्णु पौडेल


आफ्नो पार्टीका अध्यक्षविरुद्ध टार्गेट गरेर नेपाली कांग्रेसले निरन्तर प्रतिशोध साँधेको भन्दै सत्तारुढ दल नेकपा एमालेले लिखित रुपमा माफी माग्न नेपाली कांग्रेससँग माग गरेको छ ।

बालुवाटारमा भएको शीर्ष नेताको बैठकबाट बाहिरिने क्रममा एमाले उपाध्यक्ष विष्णु पौडेलले कांग्रेसले पछिल्ला दिनमा एमाले र अध्यक्ष केपी शर्मा ओलीलाई टार्गेट गरेर आरोप लगाएको बताउँदै माफी नमागे राजनीतिक प्रतिवादमा उत्रने चेतावनी दिए । आफ्नो पार्टीका अध्यक्ष ओलीविरुद्ध कांग्रेसले प्रायोजित, पूर्वाग्रही, तथ्यहीन , गलत, भ्रामक र आधारहीन लान्छाना लगाएको भन्दै एमाले उपाध्यक्ष पौडेलले कांग्रेसलाई आधारहीन आरोपबाट पछि हट्न आग्रह समेत गरे । उनले भने “यसप्रकारको आधारहीन आरोपबाट पछि हट्न अनुरोध गर्न चहान्छु । यसबाट पछि हटेन भने यसविरुद्ध राजनीतिक प्रतिवादमा हामी उत्रन्छौँ ।

नेपाली कांग्रेसले आफ्नो पार्टीका अध्यक्षलाई लगाएका निराधार आरोपबारे सार्वजनिक रुपमा माफी नमागे कांग्रेससँगका सबै राजनीतिकसँग सम्बन्ध तोड्ने उनको चेतावनी थियो । पौडेलले भने, “ कांग्रेसले लिखित रूपमा क्षमायाचना गर्नुपर्छ, सार्वजनिक माफी माग्नुपर्छ । अन्यथा कांग्रेससँग ठिक ढंगबाट सम्बन्ध अघि बढ्दैन । बुझोस् यस प्रकारको अराजनीतिक आरोपलाई सुनेर एमाले बस्दैन ।

नेपाली कांग्रेसकाप्रति कडा रुपमा प्रस्तुत भएका पौडेलले कांग्रेसले कुन अभिव्यक्तिप्रति लिखित माफी माग्नुपर्ने हो भन्ने विषय भने खुलाएनन् । नेपाली कांग्रेसले एमाले अध्यक्ष ओलीमाथि गिरिबन्धु टी स्टेट प्रकरणमा नीतिगत भ्रष्टाचार गरेको, रवि लामिछानेसँग मिलेर सहकारी प्रकरणमा गिरिबन्धु टि स्टेटको सौदाबाजी गरेको , लगाएतका आरोप लगाउँदै आएको छ । यस्तै कांग्रेसले अहिलेका सबै खेल ओलीकै निर्देशनमा भइरहेको भन्ने सार्वजनिक टिप्पणी गर्दै आएको छ । कांग्रेसका अधिंकास नेताहरूले ओलीकै डिजाइनमा यो सबै भइरहेको आरोप लगाउँदै सभामुख पनि ओलीको डिजाइनमा चलेको आरोप लगाइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार