Logo
२०८१, १९ आश्विन शनिबार
|  Sat Oct 5 2024

यति गरे जीवनमा जीतैजीत


हामीसँग भाग्यहरु भन्दा पनि दुर्भाग्यहरु चाहिँ बढि छन जस्तो लाग्छ । तपाईँलाई अरु कसैले पनि केही मतलव गरेको हुँदैन तर पनि तपाइँ आफै उनीहरुका अगाडि नाना गफ दिएर, के के गरेर आफ्नो मुल्यांकन गर्न लगाउनु हुन्छ । सग्लो रुपमा हेर्दा तपाइँ अरु भन्दा बढी सम्मानित हुनुहुन्छ । तर तपाइँले आफूलाइ नै सज्जन देख्नु भएन । आफुलाई कुनै विशेष भाउ नै दिनु भएन । आफैलाइ म कोही होइन म केहि होइन भन्ने मान्यताले तपाइँ हामी सधै तल परेका छौ ।
अरु र मेरा वा हाम्रा संवेग संवेदना आदी बराबरी हुन् । तर, पनि हामी यसमा शक्ति र सम्पत्तिको जलप लगाइ दिन्छौ । उ सँग शक्ति छ, सम्पत्ति छ, सम्मान छ भनेर यी ३ कुराहरुको अरु माथि जलप लगाइ दिन्छौं । तर, यदि फरक छ भने तपाइँले आफूलाई हेर्ने कुरामा मात्र घात छ ।
हामी क्षमताहरुसंग आत्तिन्छौ । म सँग कमजोरी छ भनेर सधैं डराइ रहन्छौ । बोल्नै पर्ने राम्रा पक्षमा पनि बोल्दैनौं । तपाइँ हामी सबैका सपनाहरु अपुरै र अधुरै छन् । हामी अरुका राम्रा कुरा मात्र हेरेर पछि परेका हौ । अरुले त्यति पाउन कति दुःख गरेका छन त्यो हामीले हेरेका छैनौं वा देखेका छैनौ । तपाइँका भन्दा उनीहरुका कमजोरी र दुःखहरु कति हो कति धेर छन् ।

अरु भन्दा तपाईँ कमजोर हो भने मेरा यी यी कमजोरीहरु छन् भनेर १०० वटा कुराहरु लेख्न सक्नुहुन्छ त ? ती १०० कुराहरु तपाइँसँग किन उपलब्ध भएनन् त ? जीवनभरीमा कति छन् कति सुख र दुःखका दिनहरु । तर दुःख हटाउन सुखको खोजी गर्नु नै पहिलो उपाय हो ।

अरुको आँखामा हेरेर हामीले आफुलाई कम्जोर बनाएका छाँै । एक जना जापानका रेडियोकर्मीको प्रसिद्धि यति भयो कि मानिस र श्रोताहरु उनलाइ टेलिभिजनबाट प्रत्यक्ष हेर्न अनुरोध गर्न थाले । तर, उनी टिभीमा दिएको भन्दा १० मिनेट ढिला आए । अब टिभिका प्रस्तोता उनलाई सोध्दछन् : किन १० मिनेट ढिला गर्नु भयो ? उनी भन्छन् : टिभीमा आउन मोजा लगाउँदा मेरो मोजामा सानो प्वाल प¥यो र, नयाँ मोजा किन्न गएँ त्यसैले १० मिनेट ढिला भयो । अब टिभी प्रस्तोता भन्छन् : मोजा भित्रको त्यो सानो प्वाल जुत्ताले छोपी हाल्थ्यो नि, बाहिर देखिने थिएन नि । फेरी टिभीमा कम्मर भन्दा माथिको भाग मात्र खिचिन्छ वा सुटिङ्ग गरिन्छ नि त । उनी भन्छन् : होइन नि म मानसिक शारीरिक वा सबै पक्षबाट १०० प्रतिशत स्वतन्त्र हुन चाहन्छु । यदि मोजाको प्वाललाइ बेवास्ता गर्ने हो भने भोलिबाट मैले रेडियो कार्यक्रममा कुराहरु ढाँटेर पस्कने छु । त्यसैले म जे गर्छु वा भन्छु त्यो १०० प्रतिशत नै हुनै पर्छ । त्यसैले मलाइ रेडियोमा रुचाइएको हो । म मेरा सबै कुरा चिटिक्क परेको होस् भन्ने चाहन्छु । म आफूलाई लुगा र मनबाट राम्रो बनाउन चाहन्छु । दिनहुँ नुहाए पनि च्यातिएको मोजा लगाउने त ? तर हामी आफु चाहिँ केही नगर्ने अनि सधैं अरु नै राम्रा, अरु नै जवान, अरु नै गतिला, अरु नै विद्धान आदी भन्ने भ्रममा परेर हामी आफूलाई सधै खत्तम बनाउँछौ । हामीले सबै स्थानमा र सधैं आफूलाई नै आफ्नो ईश्वर मान्नु पर्छ ।

अरु भन्दा तपाईँ कमजोर हो भने मेरा यी यी कमजोरीहरु छन् भनेर १०० वटा कुराहरु लेख्न सक्नुहुन्छ त ? ती १०० कुराहरु तपाइँसँग किन उपलब्ध भएनन् त ? जीवनभरीमा कति छन् कति सुख र दुःखका दिनहरु । तर दुःख हटाउन सुखको खोजी गर्नु नै पहिलो उपाय हो ।
हामी साहस गर्न र डराउन पनि कन्जुस्याइ गर्छौं । तपाइँको सबै भन्दा ठूलो बाधा भनेको तपाइँ कुनै पनि काम १०० प्रतिशत गर्दै गर्नु हुँदैन । हामी सबै जना तन मन धन जन ध्यान लगाव चाहना आदी लगाएर १०० प्रतिशत काम गर्न वा केहि दिन वा लिन नै चाहाँदैनौं । हामी सधै र सबै काम २० प्रतिशतमा मात्र भ्याइ दिन्छौ र ८० प्रतिशत काम नगर्न चाहिँ नाना बहाना बनाउँछौ । हामी सबै काम ठिकठिकैको रुपमा मात्र गर्छौं । हामी सबै कुरामा ८० प्रतिशत हच्किन्छौ । हामी सोचाइमा पनि सम्पतिमा जत्ति कै कन्जुस गछौ । हामी जिम्मेवारी पनि २० प्रतिशत मात्र पुरा गर्छौं । कुनै विषय बस्तु माथि हाँस्दा पनि थोरै र कनेर मात्र मुस्कुराउँदछौ ।
यी सबै खाले कन्जुस्याइले हामीहरुलाई जीवनले सबै क्षेत्रमा कन्जुस्याइ मात्र दिन्छ । मिस्कल गर्ने मान्छेहरु माथि एउटा अध्ययन गरिएको थियो । तर, उनीहरुसँग रिचार्ज नभएर होइन रहेछ कि पैसाको लोभ लागेर मिस्कल गरेका रहेछन् । मिस्कल पछि आउने आगमन कलको पखाईले धेरै मिस्कल गर्नेहरुले ठूलाठूला मौकाहरु पनि गुमाएका रहेछन । यस्ता कन्जुस गर्नेहरु जीवनका सबै पक्षमा कन्जुस्याइ गरी नै रहेका हुन्छन् अथवा यीनिहरुले पूर्ण जीवन बिताएकै हुँदैनन् । हामी कुनै कुराहरु आफूले लिनप¥यो वा पाइन्छ भने नाना प्रकारका तर्क वितर्क उठाउँदछौ । तर, आफूले दिनुप¥रो भने चाहिँ चुपचाप बनेर दिन्छौं अथवा गर्नुपर्ने तर्कलाइ पनि मारी दिन्छाँै । हामी अरुसँग केही लिनु पर्दा चाहिँ जोड घटाउ भाग गुना सबै गर्छौं ।

हामी भित्रको यो संकुचित भावनाले गर्दा कसैसँग भेट्दा पनि हामी संकुचित नै बन्छौं । हामी प्रशन्न हुने हो भने सबै हामीसँगै छ । तर, हामीले चाहिँ हाम्रा स–साना व्यवहार पनि विगारेका छौ । कुनै विषयहरुमा पनि हामी १०० मा पुगेकै छैनौ । अनि कसरी १०० पाइन्छ त । अमेरिकाको क्यालोराडोमा खनिएको सुनखानीमा जति गहिरो खन्दा पनि सुनको मेसो पाइएन । अब ठेकेदार खानी खन्न बन्द गर्ने स्थितीमा पुग्छ । उसले अर्को सानो ठेकेदारलाइ खानी बन्द गर्न आफ्ना औजारहरु र केहि रकम दिन्छ । त्यो सानो ठेकेदारलाइ अस्ती सम्म मजदुर बनेर त्यही खानीमा काम गर्ने मजदुरले सबै कुरा सुनाउँदछ । अब त्यो खानी बन्द गर्ने सानो ठेकेदार कतै सुनखानी भेटिहालिन्छ कि भनेर अनुभवी मजदुरहरु लिएर १ दशमलब ६ किमि भित्र पस्छ । उनीहरु बीचमा ३ दिन चाहिँ खानी खन्ने भन्ने सहमति हुन्छ । मजदुरहरु खन्न थाल्छन् । २ दिन खन्नसाथ सुनको मेसो भेटिन शुरु गर्छ । निश्चित गहिराइमा पुगे पछि सुन खानी नै भेटिन्छ । थोरै मिटर मात्र तल खन्दा सुनखानी नै भेटियो । हामी पनि यही सुनखानीको पहिलो ठेकेदार जस्तै थोरै कुराले सुनखानी गुमाइ रहेका छौ ।

हाम्रो मुस्कान नै कन्जुसको मुस्कान जस्तो छ । हाम्रो मनमा अरुलाई कसरी अरुले थहा नपाइ ठग्ने भन्दा दोस्रो कुरा नै छैन । हामी सबैमा साइकोपाथ बास बसेको छ । किनभने हामी सामाजिक रुपमा कंगाल छौ र हाम्रो सोचाइ वा हँसाइहरु सबै र सँधैं चण्डालको रुपमा देखिन्छन् । हामी कसैलाइ भेट्दा सञ्चै हुनुहुन्छ वा खाना खानु भयो भनेर सोध्छौ । तर उनीहरुले विरामी छु वा भोकै छु भने भने हामी नाना बहाना बनाएर तर्कन्छौ वा फेसबुकमा फलाना भोकै छ अरे मनकारी दाताहरुले दिनु परो भनेर पोष्ट गर्छौं । तर, एक जना जेशिका नाम भएकी सानी १० वर्षकी छोरीले चाहिँ अरुलाइ भेट्दा वा घरमा पाहुना आउँदा पहिलो सम्बोधन नै तपाइसँग अहिले कति पैसा छ भनेर सोध्दी रहिछिन । तर उनको पैसा माग्ने आसय चाहि होइन रहेछ । उ कति धनी छ भन्ने जान्न मात्र रहेछ ।
हामीले स्वीकार्न नसकेको कुरा के हो भने कसैको शरीर भित्रका सबै उर्जा वा शक्ति केन्द्रहरु जाग्न साथ उ असाधारण मान्छे बनिहाल्ने रहेछ । जब हामीले हाम्रो शरीरका सबै उर्जाका केन्द्रहरुको एकीकरण गर्छौं । यसो गर्न साथ हामी अचानक भयानक बनिहाल्ने रहेछौ । फुलको जीवन चक्र असाध्यै छोटो हुन्छ । तिहारमा फुल्ने सयपत्री त ६८ दिनबाट फुलेर ७१ दिनमा बन्द नै हुन्छ । तिहारको गाइ तिहारे औंसिलाइ ६८ दिन मानेर सयपत्री फूलको नर्सरी राखिन्छ । उसले ४ दिनमा हामीलाई कति प्रसन्नता दिन्छ । सयपत्री राम्रो देखिनु भनेको सयपत्रीका सबै उर्जाहरु एकै ठाउँमा केन्द्रित देखिनुले भएको हो । हामी जिवनमा असाधारण हुनका लागि उर्जा केन्द्रहरुको एकीकरणबाट थोरै ढाटा मात्र छौँ । जापानमा पहिलेको कथा अनुसार एक जना राजा र उनका नोकर थिए । राजा र नोकर दर्जामा तल माथि भए पनि साथि जस्तै थिए । सँगै उठबस गर्दागर्दै रानीले अनायासै नोकरलाइ मन पराउन थालिछन् । यस कामले राजा आहात हुन्छन् । अब राजाले नोकरलाई भन्छन ः हाम्रो परम्परा अनुसार राज्य वा रानी युद्धमा जितेर लैजान सकिन्छ । त्यसैले तिमी र म तरवार युद्ध गरौ जसले जित्छ उसैले यो राज्य र रानी लैजानेछ । नोकर भन्छ , महाराज, हजुरसँग म युद्ध गर्न सक्दिन बरु मेरो शीर हजुरले सिधै काटी दिनुहोस् । तपाइँको जीत भइ जान्छ । मलाइ राज्य र रानी कुनै कुराको पनि भोग गर्ने इच्छा छैन । धर्म युद्ध मात्र लड्न जानेका राजाले भन्छन् : म तिमीलाइ तरवार समाउने एक मौका दिन्छु । तरवार नसमाएको मान्छे वा शत्रुलाई त धर्मयुद्ध अनुसार मार्न पाइदैन नि । नोकर भन्छ मलाई त तरवार पुछ्न बाहेक अरु केहि आउँदैन नि । तर, पनि राजाले नोकरलाई एउटा तरवार दिन्छन् । अब नोकर तरवार लिएर उभिन्छ ।

अचम्म तर अब राजाले नोकरलाइ जित्न सक्दैनन् । यहाँ नोकर भित्रका सबै उर्जा केन्द्रहरु केन्द्रित भइ सकेका रहेछन् । अब उ साधारण नोकर हुँदै भएन र होइन पनि । सबै शक्ति नोकरको तरबारमा केन्द्रित भएको छ । विना कुसलताको अनुभव पनि नोकर भयङंकर रुपमा प्रस्तुत भएको छ । नोकर अब राजालाई तरवारले आक्रमण गर्ने पक्षमा छ । राजाले विगतमा सिकेका तरवारका सबै रण कौशलहरु कामै नलाग्ने भएका छन । अब राजा सिधै हार्छन् र उनी राज्य र रानी छाडेर भाग्छन् । सबै अपार उर्जा निकाल्न साथ तपाइँ पनि अद्भुत मान्छे वनिहाल्नु हुन्छ । अद्भुत मान्छे बन्ने तपाइँ भित्रको तत्व पूरा नखनिएको सुनखानी घाटामा नै छाडी दिने हो र ? तपाइँ त अद्भुत मान्छे बन्नुहुन्छ नै बाँकी के मात्र छ भने तपाईले तपाइँ भित्रको उर्जा एकीकृत मात्र गर्नुहोस् । अरु राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्छन् भने तपाईँ किन बन्न सक्नुहुन्न र ? तर मात्र तपाईँ भित्रको उर्जा एकीकृत गर्नुहोस् ।


प्रतिक्रिया दिनुहोस !
विचार