बिहिबार साँझ एक्कासी आएको हावाहुरीले उडाएर ल्याएको जस्ताले लागेर पर्सामा एक सय सात वर्षीय वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा विन्ध्वासिनी गाउँपालिका–२ का गुबेरी साह रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हावाहुरीले छिमेकीको घरको जस्ता उडाएर लेराउँदा घरमै बसिरहेका शाहलाई लाग्दा उनी गम्भिर घाइते भएका थिए ।
धारिलो जस्ताले लाग्दा गम्भीर घाइते भएका शाहलाई आफन्तको सहयोगमा उपचारका लागि बाराको नौतनस्थित एलएस न्युरो अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जनाइएको छ ।