Logo
१६ जेष्ठ २०८३, शनिबार
|  Sat May 30 2026

ट्राफिक नियम उल्लंघन गरेकालाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट


ट्राफिक कारबाहीमा परेकालाई सडकमा खटाउने गृहमन्त्रीको निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको छ ।

विभिन्न कारणले ट्राफिक नियम उल्लंघन गरेका र मादक पदार्थ सेवन (मापसे) गरेर सवारी चलाउनेहरुलाई स्वयंसेवकका रुपमा सडकमा खटाउने भनी गृहमन्त्री रवि लामिछानेले गरेको निर्णयलाई चुनौती दिई रिट निवेदन दर्ता भएको हो ।

बझाङका कृष्ण विक, स्याङ्जाका आकाश भट्ट लगायत ७ जनाले गृहमन्त्री लामिछानेको निर्णयमाथि चुनौती दिई सर्वोच्च अदालतमा रिट हालेका हुन् । शुक्रबार दर्ता भएको उनीहरुको रिट निवेदनमाथि आइतबार प्रारम्भिक सुनुवाइ हुनेछ ।

गृहमन्त्री रवि लामिछानेले गणतन्त्र दिवसको दिन महिनावारी भएका महिला ट्राफिक प्रहरीलाई चार दिनसम्म सडकमा ड्युटीमा खटिन नपर्ने गरी आराम दिने र उनीहरुको सट्टा मापसे कारबाहीमा परेकाहरुलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने निर्णय गरेको सार्वजनिक गरेका थिए ।

संविधानमा भएको मौलिक हकसम्बन्धी व्यवस्था विपरीत कानूनमा हुँदै नभएको व्यवस्था कार्यान्वयन गर्न खोजिएको भन्दै रिट निवेदकहरुले उक्त निर्णय खारेज हुनुपर्ने माग गरेका छन् । यातायात व्यवस्था ऐनमा ज्यान सम्बन्धी कसुरमा बाहेक शारीरिक दण्डको व्यवस्था नभएको, तर गृहमन्त्रीले आफ्नो निर्णयबाट ट्राफिक नियम उल्लंघन गर्नेलाई पनि स्वयंसेवाका नाममा ज्यानसम्बन्धी दण्ड दिन खोजेको भन्दै त्यसलाई बदर गर्न रिट निवेदनमा माग छ ।

मादक पदार्थ सेवन, लेन अनुशासन, ओभरस्पिड लगायतको कारबाहीमा परेकाहरूलाई सडकमा खटाउँदा उनीहरूको गोपनीयताको हनन भएको तथा यो कार्य कानुन र संविधानविपरीत भएको भन्दै सर्वत्र टिप्पणी समेत भइरहेको थियो ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार