Logo
३२ असार २०८३, बिहीबार
|  Fri Jul 17 2026

युवतीमाथि दाउ प्रहार गर्ने एक युवा पक्राउ


झापाको भद्रपुर नगरपालिकामा एक युवतीमाथि दाउ प्रहार भएको छ । शुक्रबार बिहान १०ः४५ बजे भद्रपुर ९ हात्तीचोककी १७ वर्षीया युवतीलाई सोही ठाउँका १८ वर्षीय अभिषेक कर्णले दाउ प्रहार गरेका हुन् ।

कर्णले युवतीको टाउको र हातमा दाउ प्रहार गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार कर्णको दाउ प्रहारबाट गम्भिर घाइते भएकी युवतीको भद्रपुरकै ओम साई अस्पतालमा उपचार भइरहेको छ ।

दाउ प्रहार गर्ने कर्णलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘घटना लगत्तै हामीले ती युवालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेका छौँ,’ एक प्रहरी अधिकारीले भने, ‘के कारण युवतीमाथि आक्रमण भएको हो भन्ने कुरा खुलेको छैन ।’

कर्णलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार