Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी


मोरङको विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसका विद्यार्थीहरूले कोशी प्रदेश योजना आयोगको गाडीमा तोडफोड र आगजनी गरेका छन्। आइतबार बिहान क्याम्पस अगाडि जम्मा भएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा ढुंगा मुढुा प्रहार गरी आगजनी गरेका हुन्।

मोरङको रंगेली नगरपालिकामा तोडफोड र नगर प्रहरी माथि आक्रमण गरेको आरोपमा मोरङ प्रहरीले शुक्रबार ६ जना विद्यार्थीलाई पक्राउ गरेको थियो। उनीहरूमाथि प्रहरीले अभद्र व्यवहारको मुद्दामा कारबाही अघि बढाएको छ। त्यसकै विरोधमा आइतबार बिहान विद्यार्थीहरूले गाडी तोडफोड गरी आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

निजी स्कुलहरुले मनपरि शुल्क असुलेको र नगरपालिकाले कुनै अंकुश नलगाएको भन्दै बिहीबार अपराह्न नगरपालिका पुगेको विद्यार्थी समूहले तोडफोड गरेको प्रहरीको भनाइ छ

त्यसक्रममा नगर प्रहरीमाथी उनीहरुले आक्रमण गरेको प्रहरी भनाइ छ।


प्रतिक्रिया दिनुहोस !
विचार