Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

आइत र सोमबारको प्रतिनिधि सभा बैठक स्थगित


प्रतिनिधि सभाको आज र भोलिको बैठक स्थगित भएको छ । दलका प्रमुख सचेतकले बजेट पुस्तिका अध्ययनका लागि समय मागेपछि आज र भोलिको बैठक सूचना टाँसेर स्थगित गरेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधि सभामा आजदेखि मन्त्रालयगत बजेटमाथि छलफल गर्ने तयारी थियो । बैठकअघि सभामुख देवराज घिमिरले बोलाउनुभएको बैठकमा दलका प्रमुख सचेतकले बजेट पुस्तिका अध्ययनका लागि समय मागेका हुन् । त्यसपछि आज र भोलिको प्रतिनिधि सभाको बैठक स्थगित गर्ने सहमति भएको सभामुखको सचिवालयले जनाएको छ ।

सभामुखले बोलाउनुभएको बैठकमा सभामुखसहित उपसभामुख इन्दिरा राना, नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा (एमाले) प्रमुख सचेतक महेश बर्तौला, नेकपा (माओवादी केन्द्र)का मुख्य सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाही सहभागी भएको जनाइएको छ।

प्रतिनिधि सभाको अर्को बैठक आउँदो मंगलवार बिहान ११ बजे बस्नेछ ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार