Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

धनगढीमा १३ वर्षीय बालक मृत फेला


कैलालीको धनगढीमा १३ वर्षीय बालक मृत अवस्थामा भेटिएका छन् । धनगढी उपमहानगरपालिका–३ चटकपुर घर भएका १३ वर्षीय विष्णु फुलारा मृत अवस्थामा भेटिएका हुन् ।

उनी घरको काठको बलोमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । परिवारले देखेर पासो फुकाली स्वस्तिक अस्पताल धनगढीमा उपचार गर्न लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।

उनको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार