Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

सोलाखानीमा पहिरोले पुरिएर एकको मृत्यु दुईजना घाइते


सङ्खुवासभाको चिचिला गाउँपालिका–३ सोलाखानीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छभने अन्य दुईजना घाइते भएका छन् ।

मङ्गलबार रातिको अविरल वर्षापछि खसेको पहिरोमा परी अरुण तेस्रो जलविद्युत् आयोजनाका मजदुर बर्दियाका घोराभिट्टाका गङ्गाराम थारुको मृत्यु भएको तथा मकवानपुरका उमेश कार्की र गोविन्द थारू घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । उनीहरू निदाएका बेला पहिरो खसेको हो ।

जलविद्युत् आयोजनाले कामदारका निम्ति निर्माण गरेका १४ वटा कोठामध्ये ३ वटा पुरिएका छन् ।


प्रतिक्रिया दिनुहोस !
विचार