Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

अस्पतालभित्रै आतिसबाजी गरेर बिरामीलाई तर्साएको आरोपमा इलेक्ट्रिसियन पक्राउ


अस्पताल हाताभित्रै आतिसबाजी गरेर बिरामीहरुलाई तर्साएको आरोपमा कपिलवस्तुस्थित एक अस्पतालका इलेक्ट्रिसियन पक्राउ परेका छन्।

कपिलवस्तु अस्पतालका करारमा कार्यरत इलेक्ट्रिसियन डेबिट उस्मान मुसलमानलाई प्रहरीले अस्पताल हाताभित्रै आतिसबाजी गरेर बिरामीहरुलाई तर्साएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

सरुवा भइ आएका कपिलवस्तु अस्पतालका मेसु किशोर बन्जाडेको स्वागतमा मंगलबार दिउसो अस्पताल हाताभित्रै आयोजित स्वागत कार्यक्रममा इलेक्ट्रिसियन मुसलमानले आतिसबाजी गरेको आरोप प्रहरीले लगाएको छ। बन्जाडेको स्वागतमा पटका पड्काइएको र अस्पतालमा रहेका बिरामी र उनका कुरूवा त्रसित भएको दाबी गरिएको छ।

समाचार सार्वजनिकपछि त्यसको चौतर्फी बिरोध भएपछि प्रहरीले उस्मानलाई नियन्त्रणमा लिएको हो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार