Logo
२०८१, २५ मंसिर मंगलवार
|  Tue Dec 10 2024

नारायणगढ–मुग्लिन सडकः पच्चीस ठाउँमा पहिरोको जोखिम


नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको छ । तीमध्ये ४ वटा उच्च र ७ ठाउँमा कम जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका अनुसार मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्रमा पहिरोको उच्च जोखिम रहेको छ । सडकको नाम्सी, कालीखोला र तुइन खोलाको पहिरो नियन्त्रणका लागि ५२ करोड रुपैयाँ खर्च हुने अनुमानित लागत छ । ती ठाउँमा ‘स्लोप स्टेवलाइजेसन’ र ‘रक नेटिङ’को काम गर्नुपर्नेछ ।

यसैगरी, पहिरोको कम जोखिम भएका गाईघाट, डुम्रे पुल, घुमाउने, सिमलताल, जलवीरे र पाँच किलोमा पनि सडक व्यवस्थापन गर्नुपर्नेछ । विसं २०८० को वर्षामा यो सडकमा ३० र २०७९ मा ३६ पटक भूक्षय हुँदा पटक–पटक सवारी आवागमन अवरुद्ध भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार