लिची देख्ने बित्तीकै हामी सबैको मुख रसाउछ । र, खाइहालौँ जस्तो लाग्ने हुन्छ । यो रसिलो र स्वादिलो फल हो । अहिले गाउँ, सहरमा जताततै लिची देख्न सकिन्छ, गाउँतिर रुखमा लटरम्म फलेको लिची देख्दा बाटोमा हिँड्ने जो कोहिलाई पनि टप्प टिपेर खाइहालौँ जस्तो लाग्छ । बालबालिकादेखि वृद्धासम्म हरेकलाई मन पर्ने मौसमी फलफूलमध्येको एक हो लिची। बजारैभरी जताततै देख्न पाइन्छ । लिचीको सिजनमा सामाजिक सञ्जालै भरी लिचीका बारेमा हाँसीमजाक गर्दै लिची कसरी चोर्ने भनेर जताततै टिप्सहरु दिएको समेत देख्न सकिन्छ । यो धेरैको रोजाईंमा पर्ने फल हो । तर, खाली पेटमा लिची सेवन गर्दा के हुन्छ ? कुन समयमा कस्तो अवस्थामा लिची खाने ? अनि यसका फाइदा र बेफाइदा के कस्तो रहेका छन् ? आज हामी यसका बारेमा जानकारी दिने छौँ ।
के हो त लिची ?
लिची भिटामिन सी तथा पोटासियमको महत्वपूर्ण स्रोत हो । कुनै नराम्रो, रातो छालाले ढाकिएको सानो बल समातेर कल्पना गर्नुहोस् । यो कुनै बल मात्र होइन, यो एक लिची फल हो, र यसले तपाईंलाई मीठो यात्रामा लैजान लागेको छ । त्यो उकालो बाहिरी भित्र रसिलो, सुगन्धित मिठासको संसार छ जुन हजारौं वर्षदेखि माया गरिएको छ । लिचीहरू उष्णकटिबंधीय फलहरू हुन् जुन लिचीको रूखबाट आउँछ, जुन २८ मिटर (लगभग ९२ फिट) सम्म अग्लो हुन सक्छ ।
लिचीका फाइदाहरु के हुन् ?
लिची खानाले गर्मी मौसममा शरीरलाई पानीको मात्रा सन्तुलित बनाउन मद्दत गर्छ। लिचीमा प्रशस्त मात्रामा मिनरल्स, क्याल्सियम, फस्फोरस, म्याग्नेसियम हुन्छ जुन शरीरको विकासका लागि फाइदाजनक मानिन्छ। लिचीमा प्रशस्त मात्रामा पानी पाइन्छ, त्यसैले यसले यो गर्मी मौसममा शरीरलाई चिसो र हाइड्रेट राख्न मद्दत गर्छ। यसका फाइदाहरु धेरै रहेका छन् । दिनमा केहि मात्रामा र खाना खाइसकेपछि सेवन गर्ने हो भने लिचीले फाइदा गर्छ । दिनमा १० वा १२ दाना भन्दा बढी लिची सेवन गर्नु हुँदैन ।
लिचीमा पोलिफेनोल तत्व प्रशस्त मात्रामा पाइन्छ । यो पोषक तत्वले मुटुको स्वास्थ्यमा सुधार गर्नुका साथै मधुमेह र क्यान्सरको जोखिमलाई कम गर्छ । लिची हड्डीको लागि फाइदाजनक हुन्छ । बच्चाको शारीरिक विकासमा सहयोग पु¥याउँछ । यसको नियमित सेवनले शरीरमा क्यान्सर कोशिकालाई बढ्न दिदैन । यो हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाउन सहयोगी हुन्छ । महिलामा हुने स्तन क्यान्सरबाट बच्न लिचीको सेवन लाभदायक मानिन्छ । लिची सेवनले अनुहारमा भएको चाउरीपना हट्नुका साथै अनुहारमा चमक ल्याउन मद्दत गर्छ । उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ । लिचीले बच्चाको शारीरिक विकासमा सहयोग पुर्याउँछ।
त्यसै गरी लिची खानाले भोक जगाउँने चिकित्सकहरु बताउँछन् । यसले स्मरण शक्ति वृद्धि गर्न मद्दत गर्छ भने दमका रोगीलाई समेत लिची लाभदायक मानिन्छ । लिचीमा प्रशस्त फाइबर हुन्छ, जसले पाचन प्रणाली ठीक राख्न मद्दत गर्छ । र, लिचिको सेवनले कपालमा चमक दिन्छ।
खाली पेटमा लिचि खाँदा के हुन्छ ?
खाली पेटमा लिची खाँदा मानिसको मृत्यु समेत हुन सक्ने चिकित्सकहरु भनाई छ । यसअघि भारतको विहारमा खाली पेटमा लिची सेवन गर्दा सयौं बच्चाको मृत्यु भएको थियो । लिची फल हानिकारक त्यसबेला हुनसक्छ, जब यसलाई अनियमित र अनियन्त्रित ढंगले सेवन गरिन्छ । खाली पेटमा लिची सेवन गर्दा चक्कर आउने, आँखा खोल्न नसक्ने र मृत्यु हुने चिकित्सकहरु बताउँछन् । सन् १९९० को दशकको यो घटनापछि खाली पेटमा लिची सेवन गर्नु घातक हुने पुष्टि भएको थियो । लिचीमा एक प्रकारको बिष हुन्छ, हाइपोग्लिसिन । चिकित्सकहरुका अनुसार यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्छ । शरीरमा यो बिष पुग्छ र सुगरको मात्रा अचानक कम हुन्छ । यहि नै मृत्युको कारण बन्न सक्छ । लिचीले मस्तिष्कसँग सम्बन्धित यस्तो समस्या पैदा गर्छ, जसले ज्यान लिन सक्छ । एक्यूट इन्सेफेलाइटिस सिन्ड्रोम नामक यस बीमारीको कारण सयौंले ज्यान गुमाएका छन् । वैज्ञानिकले उक्त रोग लिची फलको कारण हुने बताएको छ । लिचीमा एक प्रकारको ‘हाइपोगलाइसिन ए’ र ‘एमसिपिजी’ नामक रसायन पाइन्छ। यसले शरीरमा ग्लुकोज बन्ने प्रक्रियालाई रोक्छ। यसले सुगरको मात्रा अचानक कम हुन्छ। यही नै मृत्युको कारण बन्न सक्ने सम्भावना रहन्छ। लिचीको अत्यधिक उपभोग गर्ने र रातिको खाना नखाई सुत्दा रगतमा चिनीको मात्रा अत्यधिक कम हुन्छ र फलस्वरूप इन्सेफलोप्याथीको लक्षणसमेत देखापर्छ ।