Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

बस र कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खस्यो


पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । २० जनामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीले जनाएको छ।

नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार एकापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारलाई जोगाउन खोज्दा बस नदी किनारमा खसेको एकजना प्रत्यक्षदर्शीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार कारमा सवार पाँच जना गम्भीर घाइते छन् । बसमा ४५ जना यात्री थिए । सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबैलाई उपचारका लागि चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय जनाएको छ । त्रिशुली नदी किनारमा खसेको यात्री बसलाई नदी किनारबाट माथी रोडमा तान्ने प्रयास भइरहेको जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार