
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना ३ फिस्लिङ बजार नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ।
पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा कार चालक ३५ वर्षीय समिर ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ओझा कास्कीको पोखरा महानगरपालिका वाड नम्बर ५ का हुन् ।
नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको भे १ ख ४०६० नम्बरको यात्रुबाहक बस र काठमाडैेँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०२९च ३७२० नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा परि २० जना घाइते भएका थिए ।
प्रहरीका अनुसार दुर्घटनामा ५ जना गम्भीर घाइते भएका थिए । घाइते सबैलाई उपचारका लागि पुरानो मेडिकल कलेज भरतपुर पठाइएकोे थियो । चार जना उपचार पश्चात घर फर्किएको प्रहरीले जनाएको छ ।
कारसँग ठोक्किएपछि बस त्रिशूली नदी किनारमा खसेका थिए ।