Logo
२०८१, ३ चैत्र सोमबार
|  Mon Mar 17 2025

अल्लो र ढाकाको झोलामा नयाँ बजेट प्रस्तुत


कर्णाली प्रदेशका अर्थमन्त्री महेन्द्र केसीले कर्णालीमा उत्पादित कोट र कर्णालीमै बनेको झोलामा नयाँ बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री केसीले शनिबार आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि बजेट प्रस्तुत गर्दा स्थानीय कोट र झोला प्रयोग गरेका हुन् ।

अर्थमन्त्री केसीले प्रयोग गरेको कोट र झोला कर्णालीमै उत्पादन भएको अल्लो र बजेट भाषणको पुस्तिका बोक्ने झोला पनि कर्णालीकै स्थानीय उद्योगमा निर्माण भएको जनाएको छ । उनले प्रयोग गरेको झोला स्थानीय व्यापारी उदिराम डाँगीको उद्योगमा निर्माण भएको बताइएको छ ।

उनले प्रदेशको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अल्लोबाट उत्पादन भएको र स्थानीय उद्योगमा उत्पादित झोलामा बजेट ल्याएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले पनि अल्लो र ढाकाको झोलामा प्रदेशको बजेट ल्याएका छन् । शनिबारको प्रदेशसभा बैठकमा उनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट पेश गर्न अल्लो र ढाकाको झोलामा प्रदेश बजेट ल्याएका हुन् ।

प्रदेशको स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले अल्लो र ढाकाको झोलामा बजेट ल्याएको बताइएको छ । कोशीका अर्थमन्त्री मगरले ३५ अर्ब ५० करोड हाराहारीको बजेट प्रस्तुत गर्नेछन् ।

१५ जेठमा संघीय सरकारका अर्थमन्त्री वर्षमान पुनले पनि अल्लो र ढाकाको झोलामा बजेट वक्तव्य ल्याएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार