Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

जंंगली च्याउ खाँदा एकको मृत्यु


तनहुँको आँबुखैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकजनाको मृत्यु भएको छ । आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो ।

असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घर नजिकको जंगलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए ।

अन्य चारजनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार