Logo
२०८१, ४ माघ शुक्रबार
|  Fri Jan 17 2025

भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ


काठमाण्डौको त्रिभुवन विमानस्थल हुँदै भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा–८ का मोहम्मद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने सन्तोष परियार र तनहुँ भानु नगरपालिका–७ घर भएका अन्जिल गुरूङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

उनीहरुलाई प्रहरीले सिनामङ्गलबाट पक्राउ गरेको हो । कतारबाट नेपाल आउने हिमालय एयरलाइन्सको उडानमार्फत् नेपाल आउने केही व्यक्तिले भन्सार छलेर सुन ल्याई कारोबार गरेको गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोहम्मद दिलसाद खाँको शरीरमा खानतलासी गर्दा नौ लाख ९९ हजार तीन सय ९६ रूपैयाँ बराबरको झन्डै ७० ग्राम सुनको ब्रासलेट एक थान र झन्डै १२ ग्रामको बेरूवा औंठी भेटिएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार