
बर्दियामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गेरुवा गाउँपालिका–३ गणेशपुरस्थित आफ्नै खेतमा जोतिरहेका समयमा चट्याङ लाग्दा रोहित थारुको निधन भएको हो ।
चट्याङ लागेर घाइते थारुको प्राथमिक स्वास्थ्य केन्द्र राजापुरमा उपचारका क्रममा सोेमबार विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।