कञ्चनपुरमा चलिरहेको टेबुल पंखा शरीरमा खस्दा एक जनाको मृत्यु भएको छ ।
कञ्चनपुरको बेदकोट नगरपालिका–७ गाउजी बस्ने ६८ वर्षीय रत्नप्रकाश लामिछाने घरको आगनमा टेबुल फ्यान (पंखा) चलाएर बसेको अवस्थामा शरीरमा खसेपछि गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि जनाइएको छ ।





