
चट्याङ लागेर कपिलवस्तुमा दुई जनाको मृत्यु भएको छ ।
जिल्लाको यशोधरा गाउँपालिका– ८ भैसहियाका २२ बर्षीय महेश कलवार र बुद्धभूमि नगरपालिका–१० धनकौलीका अन्दाजी १८ बर्षीय राजु ठाकुरको चट्याङ लागेर मृत्यु भएको हो ।
बुधबार बिहान दुवै जनालाई खेतमा जाने क्रममा चट्याङ लागेको थियो । चट्याङ लागेका दुबैको घटनास्थलमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ
मृतकको शव कपिलवस्तु अस्पतालमा पोष्टमार्टम गरी दाहसंस्कारका लागि परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।