Logo
५ फाल्गुन २०८२, बुधबार
|  Wed Feb 18 2026

श्रममन्त्री डीपी अर्यालको पुतला दहन


वैदेशिक रोजगारका पीडितलाई न्याय दिलाउन माग गर्दै जारी आन्दोलनको १३ औँ दिन शुक्रबार श्रममन्त्री डीपी अर्यालको पुतला दहन गरिएको छ ।

आईटी आर्मीको नेतृत्वमा पीडितहरुले वैदेशिक रोजगार विभागमा धर्ना एवं घेराउ गर्दै आएका छन् । निरन्तर धर्ना दिँदा पनि आफूहरूको माग सम्बोधन गर्न सरकार र सम्बन्धित मन्त्रालयले कुनै चासो नदेखाएकाले विरोधमा श्रममन्त्रीको पुत्ला जलाइएको आईटी आर्मीले जनाएको छ ।

विदेश जाने कामदारसँग अवैध ढंगले लिएको रकम फिर्ता गर्नुपर्ने, ठगीमा संलग्न मेनपावर र एजेन्टलाई कारबाही गर्नुपर्ने, बेरोजगार युवाहरूलाई नेपालमै रोजगारी दिनुपर्ने, वैदेशिक रोजगार पीडितहरूलाई न्याय दिनुपर्ने, विदेशमा अलपत्र परेकाहरूको उद्धार गर्नुपर्नेलगायतका माग आईटी आर्मीले अघि सारेको छ ।

यस्तै असुरक्षित रोजगारीमा पठाउने अधिकारीलाई कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट व्यवहारतः लागू गर्नुपर्ने, निजी मेनपावरहरु खारेज गरी विदेशमा कामदार पठाउने जिम्मा राज्यले लिनुपर्ने जस्ता प्रमुख मागहरुप्रति श्रम मन्त्रालय उदासीन रहेको आन्दोलनकारीहरूको माग छ ।

आफूहरूको मागबारे गृहमन्त्री एवं प्रधानमन्त्रीको पनि ध्यान जान जरुरी रहेको आईटी आर्मीको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !
विचार