Logo
२०८१, २५ माघ शुक्रबार
|  Fri Feb 7 2025

रविको पार्टीमा अर्को लफडा, बैठक लाइभ गर्न मुकुलको प्रस्ताव


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री मुकुल ढकालले पार्टीको केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गर्न प्रस्ताव गरेका छन् । असार १९ गते बिहान केन्द्रीय समितिको बैठक प्रत्यक्ष प्रसारण गर्न महामन्त्री ढकालले सभापति रवि लामिछानेलाई प्रस्ताव गरेका हुन् ।

‘बैठक लाइभ गर्न ढकालले सभापतिलाई आग्रह गरेको तर, सभापतिले गर्ने वा नगर्ने केही जवाफ नदिएकोे ढकाल निकट स्रोतले जनाएको छ । बुधवार बस्ने केन्द्रीय समिति बैठकमा महामन्त्री ढकालको समीक्षा यात्राबाट तयार गरेको प्रतिवेदनमाथि छलफल हुने एजेन्डा छ ।

गत बुधवार महामन्त्री ढकालले गत जेठ ६ गतेदेखि असार ५ गतेसम्म एक महिना ३८ जिल्ला पुगेर तयार पारेको प्रतिवेदन सभापति लामिछानेलाई बुझाएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार