Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

बैठकमै सांसदहरु घ्वारघ्वार निदाएपछि…


उपसभामुख ईन्दिरा राना मगरले संसद बैठकमै सांसदहरू घ्वारघ्वार निदाउने गरेको बताएकी छिन्।

संघीय संसद भवनमा आइतबार भएको ६६ औं संसद दिवसमा आयोजित कार्यक्रममा बोल्दै उपसभामुख रानाले संसद बैठकका बेला सांसदहरू घ्वारघ्वार घुर्दै निदाउने गरेको आफूले देखेको बताएकी हुन्। ‘संसदमा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ माननीयज्यूहरू,’ उनले भनिन्, ‘यहाँ पनि धेरै जना सुतेको देखेँ। अलिअलि रेकर्ड पनि गरेर राखेको छु।’

उपसभामुख रानाले महिला मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर पनि नभएको भन्दै दुःख व्यक्त गरेकी थिइन्।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार