Logo
१५ श्रावण २०८३, शुक्रबार
|  Fri Jul 31 2026

फर्जी पत्र देखाउँदैमा दलको नेता परिवर्तन हुँदैनः रञ्जिता चौधरी


नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले आफूलाई संसदीय दलको नेताबाट हटाएकोबारे अनविज्ञता प्रकट गरेकी छिन् । फर्जी पत्र देखाउँदैमा दलको नेता परिवर्तन नहुने रञ्जिताले बताएकी छिन् ।

‘फर्जी पत्र देखाउँदैमा संसदीय दलको नेता फेरिएको मानिँदैन । पत्रको वैधानिकता संसद्ले हेर्ला,’ उनले भनिन् । आइतबार बसेको नाउपाको संसदीय दलको सचिवालयको बहुमत सदस्यहरूले रञ्जितालाई दलको नेताबाट हटाएका थिए । बहुमत सदस्यको बैठकले रञ्जितालाई हटाएर संसदीय दलको नेतामा सांसद गंगाराम चौधरी डगौरालाई चयन गरेको हो ।

उनले आफुलाई कुनैपनि जानकारी नभएको बताएकी छिन् । रञ्जिताले अरुण चौधरीलाई बुझ्दा अरुणको पुरानो हस्ताक्षर राखेर निर्णय सार्वजनिक गरिएको बताएकी छिन् । अरुणले बैठक नै नबसेको रञ्जितालाई बताएका थिए ।

पार्टीको केन्द्रीय कमिटी बैठक पनि नबसेको भन्दै आफूलाई कुनै जानकारी नरहेको उनको भनाइ छ । यसका बारेमा केही न केही उपाय हुनसक्ने रञ्जिताको भनाई छ । उनले भनिन्, ‘उहाँहरूलाई दलको नेता परिवर्तन गर्ने मनसाय र विचार भएको भए सरसल्लाह हुन्थ्यो । विना सरसल्लाह दलको नेता हटाउने निर्णय गरेकाले किन यस्तो गुर्नुभयो ? उहाँहरूलाई नै थाहा होला ।’

दलको नेताबाट आफूलाई हटाएको पत्रलाई संसद्ले कानुन र विधि अनुसार हेर्ने रञ्जिताको विश्वास छ । उहाँहरूले संसद्मा पत्र पठाउनु भएको भन्ने छ । नियम र कानुन हेरिन्छ होला । नियम कानुन अनुसार दलको नेता चयन हुन्छ, चेन्ज हुन्छ । विधान विपरीत मनपरी ढङ्गले काम गर्ने छुट छैन,’ उनले भनिन् ।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित लालवीर चौधरीको नाम नाउपाको सांसदको रेकर्डमा नरहेको उनले बताइन् । ‘हाम्रो माननीय लालवीर चौधरी स्वतन्त्रबाट पार्टीमा आउनु भएको छ । मलाई जहाँसम्म लाग्छ । उहाँ नाउपाको सांसद भनेर दर्ता पनि हुनु भएको छैन,’ रञ्जिताले भनिन् ।


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार