Logo
२०८१, ३ फाल्गुन शनिबार
|  Sat Feb 15 2025

पाक्नै लागेको मकै बाँदरले सखाप पारेपछि किसान आन्दोलित


पाक्नै लागेको बाली बाँदरले सत्यानाश गरेपछि रौतहटको गरुडा नगरपालिकाका किसानहरु बाँदर नियन्त्रणको माग गर्दै आन्दोलित भएका छन् । बाँदरले बाली खाइदिने तथा बाली उत्पादन नै हुन नदिने भएपछि नियन्त्रणको माग गर्दै किसानले गरुडा बजारको मूल सडकमा प्रदर्शन गरेका हुन् ।

किसानहरुले बाँदर नियन्त्रणका लागि भनेर मंगलवार गरुडा नगरपालिकामा ज्ञापनपत्र समेत बुझाएका थिए । स्थानीय नेता दीपक कुमार यादवको नेतृत्वमा भेला भएका किसानहरुले मेयर कन्थमनी प्रसाद जयसवाललाई ज्ञापनपत्र बुझाएका हुन् ।

बाँदरले खेतबारीमा फल्दै गरेको मकै लगायतका बालीनाली मात्र होइन, मान्छे नभएको मौकामा घरभित्रै पसेर अन्नपात समेत नास गर्ने गरेको किसानहरुले गुनासो गर्दै आएका छन् । पाक्नै लागेको मकै बाँदरले सत्यानाश पारेपछि किसानहरु चिन्तित छन् ।

वर्षभरी खानुपर्ने अन्न बाली बाँदरले सखाप पार्न थालेपछि उनीहरुले यसभन्दा पहिले पनि स्थानिय सरकारसँग बाँदर नियन्त्रण बारे ध्यानकर्षण गराएका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार