Logo
२६ फाल्गुन २०८२, बुधबार
|  Wed Mar 11 2026

सांसद योगेशले प्रधानमन्त्री प्रचण्डलाई भने ‘झिक तुलो जोखौँ आज, कसको माया कति ?’


नेकपा (एमाले)का सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूहरूले पर्याप्त माया दिएको बताएका छन् । आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा उनले प्रचण्डले अरूलाई नै अँगाल्न पुगेको बताए ।

भट्टराईले प्रधानमन्त्रीलाई गीतमार्फत नै जवाफ दिए । एमालेका मन्त्रीहरूले राजीनामा दिँदा प्रचण्डले कसैलाई माया गर्ने एउटा भुल गरेँ मैलेु भन्ने गीत सुनाएका थिए ।

जवाफमा योगेशले अर्को गीत सुनाए, “कसलाई देला तिमीलाई, माया मैले दिए जति । झिक तुलो जोखौँ आज कसको माया कति ?”

उनले अब प्रचण्डको उथलपुथलले काम नगर्ने दाबी गरे । उनले विगतमा सरकारमै रहँदा बालुवाटरको रमझमले समीक्षा गर्न समय नपाएको टिप्पणी गरे । अब नेपाली कांग्रेस र एमालेले समीक्षा गर्ने समय दिएको भन्दै त्यसको उपयोग गर्न सुझाए ।

“गम्भीर समीक्षा गर्नुस् । कहाँ जानु थियो, कहाँ आइयो ? के का निम्ति हिँडिएको थियो, कहाँ पुगियो ? कोसँग हिँड्नुपर्ने थियो, कोसँग हिँडियो, कुन बाटो हिँडियो ? एकपटक सिंहावलोकन गर्नुस् । तपाईंबाट संयताको अपेक्षा गर्छौं,” भट्टराईले भने ।


प्रतिक्रिया दिनुहोस !
विचार