नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार संविधानको धारा ७६ (२) बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्रीका रुपमा ओलीको यो चोथौ कार्यकाल हो । राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आइतबार साँझ ५ बजेसम्मको समयसीमा दिएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा दाबी पेस गर्ने समय दिएका थिए ।
शुक्रबार नै संघीय संसदको ठूलो दल नेपाली कांग्रेस र नेकपा एमालेले ओलीलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिसमक्ष दाबी पेस गरेका थिए ।
सोमबार बिहान सपथ ग्रहणको तयारी रहेको सितल निवास स्रोतले जनाएको छ ।