Logo
१३ असार २०८३, शनिबार
|  Sat Jun 27 2026

रोटरीको महिला नेतृत्व हस्तान्तरण, विभिन्न प्रभावकारी कार्यक्रम सम्पन्नँ


रोटरी डिष्ट्रिक ३२९२ को महिला नेतृत्व सफलतापूर्वक हस्तान्तरण भएको छ । काठमाण्डौंमा सम्पन्न भएको एउटा कार्यक्रममा रोटरी बर्ष २०२३‐२४ को महिला नेतृत्वकी संयोजक हेमा कुमारी अधिकारीले बर्ष २०२४‐२५ का संयोजक डा. सुनिती आचार्यलाई पद हस्तान्तरण गरेकी हुन् ।

रोटरी बर्ष २०२३‐२४ को महिला नेतृत्व संयोजक हेमा कुमारी अधिकारीले गत बर्ष महिला सशक्तिरणको लागि दर्जन भन्दा बढि कार्यक्रमहरु आयोजना गरेको जानकारी दिइन् । जसमध्ये, महिलाहरुलाई उत्प्रेरणा प्रदान गर्नको लागि बिभिन्न सफल महिलाहरुको सफलताको कथा सुनाउने कार्यक्रम आयोजना गरिएको थियो भने समाजमा राम्रो काम गर्ने महिलाहरुलाई हौसला दिनको लागि अभिनन्दन पनि गरिएको थियो ।

महिलाहरुको सशक्तिकरणलाई प्राथमिकता दिंदै बिभिन्न बिज्ञहरुसँग अन्तक्रिया गरेर सल्लाह सुझाव दिने र लिने कार्यक्रम समेत आयोजना गरिएको थियो । त्यसैगरी, महिलाको नेतृत्व विकास गरी उद्यमशिलाताको विकास गर्नका लागि सम्भावित चुनौति र अवसरहरुको बारेमा समेत अन्तरक्रिया कार्यक्रको आयोजना गरिएको थियो भने देशको आर्थिक विकासका लागि महिलाहरुको भूमिका सम्बन्धमा समेत अन्तरक्रिया कार्यक्रमहरु पनि आयोजना गरिएका थिए ।

संयोजक हेमा कुमारी अधिकारीले गत बर्ष आयोजना गरिएका कार्यक्रमहरुमा देशका बिभिन्न निकायमा नेतृत्व गरिसकेका विज्ञहरु, पूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्री, सांसद डा. स्वर्णिम वाग्ले, पूर्व सचिब डा. शंकर कोईराला, नेपालको पहिलो महिला डिष्ट्रिक गभर्नर जया राज्यलक्ष्मी शाह, महिलावादी वक्ताहरु लिली थापा, सरु जोशी लगायत बिभिन्न बिशिष्ट महानुभावहरुले आफ्ना भनाई राखेका थिए ।


प्रतिक्रिया दिनुहोस !
विचार