Logo
१६ श्रावण २०८३, शनिबार
|  Sat Aug 1 2026

सचिवहरुलाई प्रधानमन्त्रीको निर्देशन : निर्णय गर्न नडराउनू


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका सचिवहरुलाई देशको परस्थिति र आवश्यकताको बोध गर्दै आफ्ना काममा केन्द्रित हुन निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारमा बधाई ग्रहण गर्दै ओलीले सचिवहरुलाई एक दिन पनि आराम नगरी काम गर्नुपर्ने अवस्था रहेको सम्झाए ।

‘एक दिनमा एक पाइला भएपनि अघि सारौं, त्यसका लागि एक दिन पनि आराम नगरी काम गर्नुपर्नेछ,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवले भने,‘हामी छिट्टै अतिकम विकसितबाट विकासील राष्ट्रमा स्तरोन्नति हुँदैछौं, त्यसलाई मध्यनजर गरेर सार्वजनिक सेवा प्रवाह, सार्वजनिक प्रशासन, राष्ट्रिय उत्पादन, उत्पादकत्व, विकास, सुशासन, सामाजिक न्याय र जनविश्वासमा सुधारका काम गर्नुस् ।’


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु
विचार