Logo
२०८१, १ माघ मंगलवार
|  Tue Jan 14 2025

धुवाँमा निसासिएर १२ दिनकी सुत्केरीको मृत्यु


जुम्लामा धुवाँमा निसासिएर १२ दिनकी सुत्केरी र उनकी बहिनीको मृत्यु भएको छ ।

आइतबार राति सुत्केरीलाई न्यानो पार्न बालिएको आगोको धुवाँमा निसासिएर चन्दननाथ नगरपालिका– ५ कालेखोलीकी २२ वर्षीया मायालक्ष्मी रोकाया, १९ वर्षीया जुनमाया रोकाया र १२ दिनको शिशु गम्भीर घाइते भएका थिए ।

धुवाँमा निसासिएर घाइते भएका उनीहरूलाई उपचारको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल खलंगा पुर्‍याएको थियो । मायालक्ष्मीको उपचारको क्रममा सोमबार र उनकी बहिनी जुनमायाको मंगलबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार बच्चाको आईसीयूमा उपचार भइरहेको छ । बहिनी जुनमाया सुत्केरी दिदीको स्याहारका लागि आएकी थिइन् । आगो बालेर बच्चा र आमा दुबैलाई न्यानो बनाउने क्रममा अत्यधिक धुवाँ भएपछि उनिहरु निसासिएको जनाइएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार