Logo
२०८१, २६ मंसिर बुधबार
|  Wed Dec 11 2024

जहाज दुर्घटना अपडेडः ७ जनाको पोष्टमार्टम सक्कियो


सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा बुधबार मृत्यु भएका १८ जनाको शवको पोष्टमार्टम गर्ने काम जारी रहेको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार अपराह्नबाट पोष्टमार्टम सुरु गरिएकोमा अहिलेसम्म ७ वटा शवको पोष्टमार्टम भएको शिक्षण अस्पतालका फरेन्सिक विभाग स्रोतले जनाएको छ । अस्पतालका अनुसार आज साँझसम्ममा सबै शवको पोष्टमार्टम सकेर भोलि शुक्रबार म्याचिङ गरी आफन्तको जिम्मा लगाइने छ ।

शव अत्यधिक रुपमा जलेका कारण पोष्टमार्टममा समस्या भएको बताइएको छ । एउटा शव पोष्टमार्टमका लागि चारघण्टा सम्म समय लाग्नेसमेत अस्पतालले जनाएको छ । त्रिवि शिक्षण अस्पतालको मात्रै जनशक्तिले अपुग हुने भएकाले पाटन र भक्तपुर अस्पतालका चिकित्सकहरुलाई समेत झिकाइएको बताइएको छ ।

साउन ९ गते बुधबार बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज भुइँ छोडेको केही सेकेन्डमै दुर्घटनामा परेको थियो । दुर्घटनामा एक विदेशीसहित १८ जनाको मृत्यु भएको थियो । पाइलट मनिषरत्न शाक्यको घाइते अवस्थामा उद्धार गरिएको थियो ।

उनको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ । शाक्य खतरामुक्त रहेको केएमसी अस्पतालले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !
विचार