Logo
२९ बैशाख २०८२, सोमबार
|  Mon May 12 2025

१२ को नतिजा आगामी हप्ता सार्वजनिक हुने


राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा आगामी साता सार्वजनिक गर्ने तयारी गरेको छ । हाल म्याचिङ र प्रोसेसिङको काम भइरहेको बोर्डले जनाएको छ ।

आगामी हप्ताभित्र नतिजा सार्वजनिक गर्ने तयारीका साथ काम भइरहेको बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा गत वैशाखमा भएको थियो । परीक्षामा चार लाख ९६ हजार विद्यार्थी सहभागी भएका थिए ।

बोर्डका अनुसार नियमिततर्फ तीन लाख ९० हजार र ग्रेडवृद्धितर्फ एक लाख ६ हजार परीक्षार्थी रहेका छन् ।

देशभर एक हजार ५२५ परीक्षा केन्द्र र जापानमा एक परीक्षा केन्द्रमार्फत परीक्षा सञ्चालन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !
विचार