
प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गराउन सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सिसिएमसी अधिकारीसँग भएको छलफलका प्रधानमन्त्री ओलीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न निर्देशन दिएका हुन् ।
सिसिएमसीले गरेको ब्रिफिङपछि प्रधानमन्त्रीले केही दिन अघि जारी भएको स्वास्थ्यमा मापदण्डको कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिएका थिए ।