
विमान दुर्घटनामा मृत्यु भएकाहरूको शव शुक्रबार साँझसम्ममा आफन्तको जिम्मा लगाउने भएको छ । शव पोष्टमार्टमको काम अन्तिम चरणमा पुगेकाले आज साँझसम्ममा आफन्तको जिम्मा लगाउने तयारी भइरहेको त्रिवि शिक्षण अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल स्रोतका अनुसार चार वटा शव बढी जलेकाले डेन्टल एक्जामिनेसनमार्फत परीक्षण भइरहेको छ । सौर्य एयरलाइन्सको विमान बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र भक्तपुर अस्पतालका फरेन्सिक विशेषज्ञ लगायतका २५ जना खटिएको जनाइएको छ ।