टी-२० विश्वकपमा आज भारत र न्यूजील्यान्डको क्रिकेट टोलीबीच प्रतिस्पर्धा हुँदैछ । र दुवै टोलीका लागि आजको खेल निकै महत्त्वपूर्ण मानिएको छ। भारतले हालसालै पाकिस्तानबाट नराम्रो हार बेहोरेको थियो।
दुबई अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा भारतीय टोली १० विकेटले पराजित भयो र पाकिस्तान इतिहास रच्न सफल भयो। विश्वकप खेलमा पाकिस्तानसँग भारतको यो पहिलो हार थियो।
टी-२० विश्व कपमा भारतका लागि न्यूजील्यान्डसँगको प्रतिस्पर्धा निकै महत्त्वपूर्ण हुने छ। सेमिफाइनलसम्म पुग्नका लागि भारतले यो खेल जित्न जरुरी छ। पछिल्लो अवस्था हेर्दा यो खेल दुवै देशका लागि ‘गर वा मर’को स्थिति हुने देखिन्छ। यी दुई टोलबीचको खेल राति ७ : ४५ मा दुबईमा हुनेछ








